प्रिय म
तिमी थाक्दैनौ ?
आफ्नो डर हरु देखेर , डराएर?
तिम्रा व्यवहारहरूले तिमीलाई यसरी नै बाँच्न दिइरहेका छन् त?
कि तिमी बाँचिरहेको बहाना गर्दै दिनहरूलाई एकपछि अर्को गर्दै धकेलिरहेको छौ?
दया लाग्छ तिमीलाई देख्दा।
तिम्रा अंश–अंश नियाल्दा,
तिम्रा नसानसादेखि नयनसम्म छरपस्ट भएको पीडा म देख्न सक्छु।
तिमीलाई गाह्रो हुँदैन ?
म देख्न सक्छु,
तिम्रा कोषहरूभित्र कुनै अधुरो चीत्कार निरन्तर चलिरहेझैँ लाग्छ, छटपटाइरहेको जस्तो
केही छ, जसले विश्रामको याचना गरिरहेको छ,
सायद तिम्रै बहाना र मौनताले थकाइरहेको छ
मनको अन्तिम झ्यालमा कसैले ढकढक्याइदेला भन्ने प्रतीक्षा जीवित राखेर,
तिमीले आफ्नै घरका ढोकाहरू किन बन्द गरिरह्यौ?
तिमीले आफ्ना आँधीहरूलाई मुस्कानको पर्दापछाडि लुकाउँदा,
कहिलेकाहीँ तिमी आफैँले पनि त्यो पर्दा हटाएर हेर्न बिर्सन्छौ।
म तिमीलाई त्यसरी नै हेरिरहेको छु।
तिम्रा तमाम प्रयत्नहरू नियालिरहेको छु।
तर तिमी किन यस्तो?
यति त्रसित,
यति भावुक,
यति लाचार।
किन आफ्नै मनको कठघरामा उभिएर हरेक दिन आफैँलाई सजाय सुनाउँछौ?
म तिम्रो कुन रूपलाई अँगालूँ?
त्यसलाई, जसले आफ्ना घाउहरूलाई मौनताको कपडाले छोपेर सकुशलताको अभिनय गर्छ?
कि त्यो रूपलाई, जो रातको एकान्तमा आफ्नै विचारहरूको भारले थिचिएर निःशब्द हुन्छ?
म सोचिरहन्छु, तिम्रा लागि।
कहिलेसम्म?
कहिलेसम्म आफूलाई परिस्थितिको बन्दी बनाएर आफ्नै निर्णयहरूबाट भागिरहन्छौ?
कहिलेसम्म भोलि केही बदलिन्छ भन्ने आशामा आजलाई यसरी नै गुमाइरहन्छौ?
तिमी हराइरहेछौ, म तिमीलाई खोजिरहेछु।
तिमी भागिरहेछौ, म तिमीलाई पछ्याइरहेछु।
कहिलेकाहीँ लाग्छ, तिमीलाई भेट्न म कति टाढा पुग्नुपर्ने हो?
तिमीले नै बिर्सिएको तिमीलाई भेट्न ।
—

Comments
Post a Comment