खोल मात्रै
तिमीलाई सम्झिउ कि मनलाई सम्झाऊँ?
कि मस्तिष्कका तारहरू चुँडाएर भागूँ कतै?
यी कर्कट अभिशापहरू छरपस्ट पछारिँदा,
म भित्रको ब्रह्माण्डको बर्बादी देख्दा,
दया गरु आफुलाई कि दया मागु
आफ्नो अस्तित्वको परिक्षा म आफै कसरी गरु ।
भोलि देख्न नखोज्ने आखा र हिजो बिर्सिन नदिने सम्झना
मौनताले घाँटी समातेर सोध्छ,
अझै कति बेर आफूलाई बोक्छस?
उत्तर खोज्दा शब्दहरू गल्छन्,
ओठसम्म आइपुग्दा अर्थहरू मर्छन्।
भित्र कतै एउटा शहर जलिरहेको छ,
तर धुवाँ बाहिर निस्कन जान्दैन।
छातीका गल्लीहरूमा हराएका आवाजहरू,
आफ्नै नाम बोलाउँदा पनि फर्केर आउँदैनन्।
के हो यो शरीर, केवल खोल मात्रै ?
कि मस्तिष्कका तारहरू चुँडाएर भागूँ कतै?
यी कर्कट अभिशापहरू छरपस्ट पछारिँदा,
म भित्रको ब्रह्माण्डको बर्बादी देख्दा,
दया गरु आफुलाई कि दया मागु
आफ्नो अस्तित्वको परिक्षा म आफै कसरी गरु ।
भोलि देख्न नखोज्ने आखा र हिजो बिर्सिन नदिने सम्झना
मौनताले घाँटी समातेर सोध्छ,
अझै कति बेर आफूलाई बोक्छस?
उत्तर खोज्दा शब्दहरू गल्छन्,
ओठसम्म आइपुग्दा अर्थहरू मर्छन्।
भित्र कतै एउटा शहर जलिरहेको छ,
तर धुवाँ बाहिर निस्कन जान्दैन।
छातीका गल्लीहरूमा हराएका आवाजहरू,
आफ्नै नाम बोलाउँदा पनि फर्केर आउँदैनन्।
के हो यो शरीर, केवल खोल मात्रै ?

Comments
Post a Comment