म प्रेम होइन, कथा खोजिरहेकी रहेछु
थाहा भयो आज मलाई,
म प्रेमको खोजीमा भौँतारिएकी रहिनछु,
म त केवल कथाहरूको अनवरत खोजमा रहेछु।
त्यही भीडमा,
जहाँ प्रवेश गर्ने साहस
मैले कहिल्यै बटुल्न सकिनँ,
त्यही कोलाहलबाट पर भाग्दै,
फेरि त्यही कोलाहलको कुनै कुनामा
आफ्नो कथाको अस्तित्व भेटिएला कि भन्ने
एउटा अपत्यारिलो आशामा
म निरन्तर भड्किरहेकी रहेछु।
सायद,
मेरा यी साधारण शब्दहरूले
कुनै असाधारण अर्थ पाउलान् कि,
मेरा मौनताहरूले
कुनै परिचय भेट्लान् कि,
अनि मेरा छरिएका अनुभूतिहरूलाई
जोड्ने कुनै अदृश्य तन्तु
कतै भेटिएला कि भन्ने अभिलाषामा
म आफैँसँग अल्झिरहेकी रहेछु।
प्रेममा पर्नु,
प्रेमको आकाङ्क्षा गर्नु,
फेरि त्यही प्रेमको सम्भावनासँग भयभीत हुनु,
र त्यसैबाट पलायन हुनु
यी सबै मेरा विरोधाभासहरू
प्रेमका लागि नभएर
केवल मेरा कथाहरूका लागि रहेछन्।
ती कथा,
जसलाई कसैले नपढिदियोस्,
कसैले नबुझिदियोस्,
कसैले तिनको अर्थ नखोजिदियोस्।
किनकि,
म चाहन्छु
ती कथाहरूका अज्ञात गहिराइमा
म निःसङ्कोच हराउन सकूँ,
तिनका अव्यक्त भावनाहरूमा
निःशब्द डुब्न सकूँ।
न कसैको आगमनको प्रतीक्षा होस्,
न कसैको प्रस्थानको पीडा,
न प्राप्तिको उन्माद,
न वियोगको विलाप।
केवल म होऊँ,
मेरा शब्दहरू होऊन्,
र तिनले बुनेको
एउटा अन्त्यहीन संसार।
सायद,
मलाई प्रेम चाहिएको नै थिएन,
मलाई त केवल
प्रेमजस्तै गहिरो,
तर प्रेमभन्दा परको
एउटा कथा चाहिएको रहेछ
जसको पात्र म आफैँ होऊँ,
जसको पाठक कोही नहोस्,
र जसको अन्त्यसम्म पुग्ने
अभिलाषा मलाई पनि नहोस्।
म प्रेमको खोजीमा भौँतारिएकी रहिनछु,
म त केवल कथाहरूको अनवरत खोजमा रहेछु।
त्यही भीडमा,
जहाँ प्रवेश गर्ने साहस
मैले कहिल्यै बटुल्न सकिनँ,
त्यही कोलाहलबाट पर भाग्दै,
फेरि त्यही कोलाहलको कुनै कुनामा
आफ्नो कथाको अस्तित्व भेटिएला कि भन्ने
एउटा अपत्यारिलो आशामा
म निरन्तर भड्किरहेकी रहेछु।
सायद,
मेरा यी साधारण शब्दहरूले
कुनै असाधारण अर्थ पाउलान् कि,
मेरा मौनताहरूले
कुनै परिचय भेट्लान् कि,
अनि मेरा छरिएका अनुभूतिहरूलाई
जोड्ने कुनै अदृश्य तन्तु
कतै भेटिएला कि भन्ने अभिलाषामा
म आफैँसँग अल्झिरहेकी रहेछु।
प्रेममा पर्नु,
प्रेमको आकाङ्क्षा गर्नु,
फेरि त्यही प्रेमको सम्भावनासँग भयभीत हुनु,
र त्यसैबाट पलायन हुनु
यी सबै मेरा विरोधाभासहरू
प्रेमका लागि नभएर
केवल मेरा कथाहरूका लागि रहेछन्।
ती कथा,
जसलाई कसैले नपढिदियोस्,
कसैले नबुझिदियोस्,
कसैले तिनको अर्थ नखोजिदियोस्।
किनकि,
म चाहन्छु
ती कथाहरूका अज्ञात गहिराइमा
म निःसङ्कोच हराउन सकूँ,
तिनका अव्यक्त भावनाहरूमा
निःशब्द डुब्न सकूँ।
न कसैको आगमनको प्रतीक्षा होस्,
न कसैको प्रस्थानको पीडा,
न प्राप्तिको उन्माद,
न वियोगको विलाप।
केवल म होऊँ,
मेरा शब्दहरू होऊन्,
र तिनले बुनेको
एउटा अन्त्यहीन संसार।
सायद,
मलाई प्रेम चाहिएको नै थिएन,
मलाई त केवल
प्रेमजस्तै गहिरो,
तर प्रेमभन्दा परको
एउटा कथा चाहिएको रहेछ
जसको पात्र म आफैँ होऊँ,
जसको पाठक कोही नहोस्,
र जसको अन्त्यसम्म पुग्ने
अभिलाषा मलाई पनि नहोस्।

Comments
Post a Comment