मेरो अन्त्य
सपना त थिएन त्यो
के को आकार थियो खै
मेरो भविष्य?
मेरो अन्त्य?
सकिन लागिसकेको मेरो आयु?
कि सकिसकेको म?
र आज किन यति स्पष्ट?
किन यति नजिक
अझै कति भयबिहाल
ति आशा र निराशा हरुको
जान्दिन कि के हो
जान्न खोज्दिन कि के हो
खुशीको परिभाषा
अरुको भागको निराशा
सास फेर्नु कि रोक्नु
बाँच्नु कि बाँचिरहनु
निन्द्रा कहाँ खोज्नु
आएपछि फेरि किन ब्यूझिनु
मुटुको सिल्काले हानेको खै कता पोख्नु
पीर रोकु कि पीर नै रोज्नु
प्राण नै नभएको शरीर अझै कति पेल्नु
प्रश्नहरूको लस्कर
मनभरी डर र तिरस्कार
म नै किन
मै माथि किन
त्यहि आशा र निराशाको खेल
बेचैनी र आँसुको मेल
सोद्धिदिए कसैले
नसोधे हुन्थ्यो कसैले
कहिले सकिने कहिले रोकिने
सोचेर पुग्दैनथ्यो र
मुटु किन दुख्नु पर्ने
सास किन अड्किनु पर्ने
त्यसैले त
कि यसैले त
देखे यति नजिक, यति स्पष्ट
मेरो अन्त्य
मेरो भविष्य ||
के को आकार थियो खै
मेरो भविष्य?
मेरो अन्त्य?
सकिन लागिसकेको मेरो आयु?
कि सकिसकेको म?
र आज किन यति स्पष्ट?
किन यति नजिक
अझै कति भयबिहाल
ति आशा र निराशा हरुको
जान्दिन कि के हो
जान्न खोज्दिन कि के हो
खुशीको परिभाषा
अरुको भागको निराशा
सास फेर्नु कि रोक्नु
बाँच्नु कि बाँचिरहनु
निन्द्रा कहाँ खोज्नु
आएपछि फेरि किन ब्यूझिनु
मुटुको सिल्काले हानेको खै कता पोख्नु
पीर रोकु कि पीर नै रोज्नु
प्राण नै नभएको शरीर अझै कति पेल्नु
प्रश्नहरूको लस्कर
मनभरी डर र तिरस्कार
म नै किन
मै माथि किन
त्यहि आशा र निराशाको खेल
बेचैनी र आँसुको मेल
सोद्धिदिए कसैले
नसोधे हुन्थ्यो कसैले
कहिले सकिने कहिले रोकिने
सोचेर पुग्दैनथ्यो र
मुटु किन दुख्नु पर्ने
सास किन अड्किनु पर्ने
त्यसैले त
कि यसैले त
देखे यति नजिक, यति स्पष्ट
मेरो अन्त्य
मेरो भविष्य ||

Comments
Post a Comment